Comments Add Comment

यो हो संसारकै महँगो वस्तु, एक ग्रामको मूल्य ६२५ खर्ब डलर

दुनियाँमा सबैभन्दा महँगो पदार्थ के होला ? अनि त्यो पदार्थको मूल्य कति पर्ला ?

धेरैलाई थाहा नहुन सक्दछ । दुनियाँको सबैभन्दा महँगो उक्त वस्तुको मूल्यका बारेमा सायद कल्पना गर्न पनि सकिँदैन।

वास्तवमा संसारको सबैभन्दा महँगो पदार्थ कुनै रहस्यभन्दा कम छैन । यसको मूल्यको कुरा गर्दा आम मानिसको कल्पना बाहिरको छ । किनकि उक्त वस्तुको जम्मा एक ग्रामको मूल्य नै ६२५ खर्ब अमेरिकी डलर पर्दछ ।

उक्त पदार्थको नाम नै एन्टिम्याटर अर्थात् प्रतिपदार्थ हो । विज्ञानको दुनियाँमा यो एक रहस्यमय पदार्थको रुपमा चिनिन्छ । यसको नामबाटै के प्रष्ट हुन्छ भने यो पृथ्वीमा भएका आम पदार्थभन्दा ठ्याक्कै विपरीत छ । यो पदार्थका अणु संरचना पनि सामान्य पदार्थको भन्दा विपरीत हुन्छ । यसमा विद्युत धारासमेत विपरीत दिशामा बहन्छ ।

वैज्ञानिकहरुका अनुसार विशाल आकाशीय पिण्डको विस्फोट पश्चात् पृथ्वीको सिर्जना हुँदा नै पदार्थसँगै प्रतिपदार्थ बनेको थियो । तर अहिले ब्रम्हाण्डमा एन्टिम्याटर दुर्लभ छ । आखिर पदार्थ यत्रतत्र हुँदा प्रतिपदार्थ किन दुर्लभ भयो ? भन्ने कुरा नै रहस्यको रुपमा रहेको छ ।

यो प्रतिपदार्थ कुनै काल्पनिक वस्तु होइन वास्तविक पदार्थ नै हो । २०औँ शताब्दीको पूर्वार्धमा यो वस्तुको खोज भएको थियो । सन् १९२८ मा वैज्ञानिक पल डिराकले पहिलोपटक प्रतिपदार्थको बारेमा खुलासा गरेका थिए ।

वैज्ञानिकका अनुसार ब्रम्हाण्डको उत्पत्ति भएको बिग ब्यांग अर्थात् विशाल विस्फोटको घटना लगत्तै हरेक ठाउँमा पदार्थ र प्रतिपदार्थ छरिएको थियो । जब यी दुई चिज एक अर्काको सम्पर्कमा आए तब त्यसबाट भारी मात्रामा गामा विकिरणको रुपमा उर्जा उत्पन्न भयो । पदार्थसँगको टकरावमा अधिकांस प्रतिपदार्थ नष्ट भएको र निकै कम मात्र बचेको वैज्ञानिकहरुको निष्कर्ष छ । वैज्ञानिकहरुका अनुसार सुदूर ब्रम्हाण्डमा अहिले पनि प्रतिपदार्थ प्राप्त हुने सम्भावना छ ।

साथै ब्लाक होलद्वारा तारालाई निल्ने क्रममा पनि प्रतिपदार्थ पैदा हुने वैज्ञानिकको विश्वास छ ।

यद्यपि वैज्ञानिकहरुले पृथ्वीमा प्रयोगशालामा समेत प्रतिपदार्थ उत्पादन गर्ने कोसिस गरिरहेका छन् । यसका लागि लार्ज हेड्रोन कोलाइडर जस्तो विशाल प्रयोगसमेत जारी छ ।

तर कृत्रिम रुपमा एन्टिम्याटर उत्पादन गर्नु निकै महँगो छ । नाशाका अनुसार एक मिलिग्राम एन्टिम्याटर प्रयोगशालामा उत्पादन गर्नका लागि १ सय अर्ब डलर खर्च लाग्दछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment