Comments Add Comment

सामाजिक दुरी कायम गराउन रोबोट कुकुरको प्रयोग

कोरोना भाइरस महामारीको दोश्रो तरंगको सामना गरिरहेको सिंगापुरले आफ्ना नागरिकहरुमा सामाजिक दुरीको पालना गराउन नयाँ उपाय अपनाएको छ ।

शुक्रबार एक घोषणा गर्दै सिंगापुर सरकारले सामाजिक दुरी कायम गराउनका लागि रोबोट डग परिचालन गर्ने जनाएको हो ।

बोस्टोन डाइनामिक्स कम्पनीले उत्पादन गरेको चर्चित कुकुर रोबोट स्पटलाई सिंगापुरको धेरै मानिस भेला हुने एक स्थानीय पार्कमा परिचालन गरिनेछ।

उक्त चारखुट्टा भएको ठ्याक्कै कुकुरको स्वरुप रहेको रोबोटले पार्कको गस्ती गरिरहनेछ । र, त्यसरी पार्कमा घुमिरहँदा मानिसहरुलाई सामाजिक दुरी कायम गर्न आग्रह गरिरहनेछ ।

उक्त रोबोटमा क्यामडा जडित रहेको छ । जसले पार्क र आसपासका तस्वीरहरु खिचेर सम्बन्धित सरकारी निकायहरुमा पठाउनेछ । जसबाट सरकारी अधिकारीहरुले पार्कमा कति मानिसहरु उपस्थित छन् र सामाजिक दुरीको पालना गरिरहेका छन् कि छैनन् भन्ने जानकारी पाउनेछन् ।

यद्यपि त्यसरी रोबोटले खिच्ने तस्वीरमा व्यक्तिका अनुहार तथा अन्य विवरणहरु छोपिनेछन् । जसका कारण व्यक्तिको गोपनीयतामा असर पर्नेछैन ।

पाइलट प्रोजेक्टको रुपमा सञ्चालन हुने यो कार्यक्रम दुई हप्तासम्म चल्ने बताइएको छ । यदि यो सफल भएमा अन्य पार्कहरुमा समेत रोबोट कुकुर परिचालन गरिनेछ ।

सुरुमा केारोना भाइरस नियन्त्रण गर्न सफल भएको सिंगापुरमा भाइरसको सेकेण्ड वेभ आएसँगै संक्रमितको संख्या तिव्र गतिमा बढिरहेको छ ।

जसका कारण सिंगापुरले भाइरस संक्रमणलाई रोक्नका लागि प्रविधिको उच्चतम प्रयोग गरिरहेको छ ।

गत मार्च महिनामा सिंगापुरले देशव्यापी रुपमा कन्ट्याक्ट ट्रेसिंग एप लागू गरेको थियो । जसले ब्लुटुथको प्रयोगमार्फत् कुनैपनि मानिसलाई आफु कुनै संक्रमितको सम्पर्कमा आएको जानकारी गराउनेछ ।सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment