Comments Add Comment

पत्रकार दुर्व्यवहारको विरोधमा वीरगञ्जमा प्रदर्शन

२९ वैशाख, वीरगञ्ज । पत्रकार तिवारी यादवमाथि प्रहरीले दुव्र्यबहार गरेको विरोधमा वीरगञ्जमा विरोध प्रदर्शन गरिएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको आह्वानमा वीरगञ्जको घण्टाघरमा भेला भएर पत्रकारहरुले विरोध प्रदर्शन गरेका हुन् ।

लकडाउन जारी रहेकै अवस्थामा सोमबार बिहान ८ बजेदेखि ९ बजेसम्म उनीहरुले घण्टाघर चोकमा उभिएर विरोध जनाएका थिए । वीरगञ्जमा प्रहरी ज्यादती बढेको ठहर गर्दै घटनामा संलगन दोषी प्रहरीलाई कारबाही नगरेसम्म आन्दोलन गर्ने उनीहरुले जनाएका छन् ।

महासंघ पर्सा शाखले अगुवा पत्रकारहरुसँग छलफल गरेर थप आन्दोलनका कार्यक्रम तय गर्ने महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जराले जानकारी दिए ।

प्रहरीले थप तीन जना पत्रकारलाई फेसबुकमा पोष्ट गरेको सामान्य विषयमा दिन दिनै प्रहरी कार्यालय धाउनुपर्ने गरी तारेख लगाएको उनले बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष दीपेन्द्र चौहानले घटनाको निष्पक्ष छानविन गरेर दोषी प्रहरी माथि कारबाही हुनुपर्ने माग गरे ।

यसैबीच बारामा पनि एक जना पत्रकारमाथि नचिनेका मानिसहरुले आक्रमण गरेका छन् । पत्रकार पवन यादवलाई कलैयाबाट घर फर्कने क्रममा हनुमान चोकमा आइतबार बेलुका आक्रमण भएको हो । टाउकोमा चोट लागे पनि उनको अवस्था अहिले सामान्य छ ।

नेपाल पत्रकार महासंघ बारा शाखा अध्यक्ष कमल कुमार उपाध्यायले घटनामा संलग्न दोषीलाई तत्काल कारबाही गर्न माग राख्दै विज्ञप्ति जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment