Comments Add Comment

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मार्किङ, सेवा सुरु गर्ने तयारी हो ?

विमानस्थलमा कसरी कायम गरिनेछ सामाजिक दुरी ?

३० वैशाख, काठमाडौं । डेढ महिना नाघ्यो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुले जहाजमा चढी आफ्नो गन्तव्यमा जान नपाएको । कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलिएपछि सरकारले चैत पहिलो साताबाटै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगायो ।

११ चैतमा लकडाउन सुरु भएपछि भने आन्तरिक उडान समेत बन्द भयो । त्यसयता विमानस्थलमा आकस्मिक रुपमा हुने चार्टर्ड तथा रेस्क्यु उडानबाहेक अन्य उडान बन्द छन् । पछिल्लो समय १८ जेठसम्म व्यवसायिक उडान बन्द छ । कहिलेसम्म उडानमा प्रतिबन्ध थप हुन्छ, निश्चित छैन ।

तर, त्रिभुवन विमानस्थल कार्यालयले भने विमानस्थल खुल्नासाथ सामाजिक दुरी कायम गरी सेवा सञ्चालन गर्ने तयारी थालेको छ । सोही क्रममा अहिले धमाधम मार्किङ सुरु गरिएको छ । अब तोकिएको स्थानमा मात्र यात्रु उभिनुपर्ने भएको छ। त्यसो त वायुसेवा कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत हवाई सेवा सञ्चालनका लागि सुरक्षा निर्देशिका बनाएर लागु गर्ने तयारी गरिरहेका छन् ।

विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा सञ्चालनमा ल्याउने तयारी विमानस्थलले गरेको छ । विमानस्थलको आन्तरिक टर्मिनलमा पार्किङ क्षेत्र हुँदै जाने बाटो, टिकट लिने ठाउँ, लगेज संकलन गर्ने ठाउँलगायतमा मार्किङ गरिएको छ । यो तयारी हेर्दा आन्तरिक उडान १८ जेठपछि सञ्चालनमा ल्याउने तयारी भइरहेको समेत बुझिन्छ ।

तस्वीर  : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment