+
+

बाँकेका पहिलो संक्रमितको दोस्रो परीक्षण पनि पोजेटिभ

रासस रासस
२०७७ वैशाख ३० गते १०:४७

३० वैशाख, कोहलपुर (बाँके) । बाँके जिल्लाको पहिलो कोरोना संक्रमित व्यक्तिको दोस्रो परीक्षण पोजेटिभ देखिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका-७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा‍‍. प्रकाश थापाले जानकारी दिए । पहिलो परीक्षणमा संक्रमण पुष्टि भएको र सात दिनपछि गरिएको पुनः परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

जिल्लामा रहेका उनीसहित संक्रमित २३ जनाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । हाल सबै बिरामीको अवस्था सामान्य रहेको उपचारमा संलग्न फिजिसियन डा. पारस खड्काले जानकारी दिए । नेपालगञ्जमा सात वर्षीयादेखि ६० वर्षीया नागरिकसम्म कोरोना संक्रमण देखिएको छ ।

यस्तै, नेपाल-भारत सिमानाका जोडिएको जिल्लाको जमुनाहलगायत खुला सिमानाकाबाट लुकिछिपी नेपाल आवतजावत हुन नदिन सीमा क्षेत्रको निगरानीलाई कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

जिल्लामा कोरोना संक्रमण जोखिम बढ्दै गएपछि जिप्रकाले सीमाक्षेत्रमा आवागमनमा कडाइ गर्न सशस्त्र प्रहरीको निगरानी बढाइएको जनाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?