Comments Add Comment

भुवन भन्छन्–‘राज्यले मेरो योगदानको मूल्यांकन गर्छ भन्ने लाग्छ’

यसअगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन खुल्दा नायक भूवन केसीको नाम निकै चर्चामा आउथ्यो । तर, भूवनले आवेदन दिने चर्चा चलेपनि अन्तिम समयमा उनी पछि हट्ने गरेका थिए । तर, यसपटक भने नायक भूवन केसीले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका छन् ।

विकास बोर्डमा आवेदन दिएका भूवन भन्छन्–‘राजनीतिक शक्तिको पछि लाग्नु भन्दा पनि यसपटक राज्यले मैले चलचित्र क्षेत्रमा गरेको योगदानको मुल्यांकन गर्छ भन्ने लाग्छ ।’

नायक केसीले आफूले करिब ४ दशकदेखि चलचित्र क्षेत्रमा काम गर्दै आएको र यो व्यवसाय भन्दा अरुको बिषयमा नसोचेको बताउँछन् ।

भूवन भन्छन्–‘मैले, चलचित्र बाहेक अन्य कुनै पेशाको बिषयमा सोचिन । बरु, चलचित्र निर्माण, निर्देशन, अभिनयलाई निरन्तरता दिइरहेको छु । मैले, चलचित्र बोर्ड अध्यक्ष भैसकेपछि गर्ने कार्ययोजनाहरु पनि पेश गरेको छु । सरकारले मेरो योगदानको मुल्यांकन गर्छ भन्नेमा ढुक्क छु ।’
नायक भूवन केसीले चलचित्रमा अभिनय, निर्माण र निर्देशनलाई निरन्तरता मात्र दिएका छन्, नयाँ पुस्ताको रुपमा अनमोल केसीलाई पनि यही क्षेत्रमा भित्राएका छन् ।

उनी भन्छन्–‘चलचित्र क्षेत्रमा काम गर्ने हरेक चलचित्रकर्मीको समस्या मैले वुझेको छु । यो समस्यालाई समाधान गर्ने योजना पनि मसँग छन् ।’
नायक भूवन केसीसँगै चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि निर्माता अर्जुन कुमार, निर्देशक दयाराम दाहाल, कलाकार सोहित मानन्धर लगायतको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment