+
+

सरकारले बजेटमा कोरोना महामारीलाई नजरअन्दाज गर्दैछ : पूर्वअर्थमन्त्री कार्की

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३० गते १३:४५

३० वैशाख, काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कोरोना महामारीलाई नजरअन्दाज गर्दै बजेट ल्याउन लागेको भन्दै आलोचना गरेका छन् ।

प्रतिनिधिसभामा बजेट सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले कोरोनालाई नजरअन्दाज गरेर सरकारले परम्परागत ढंगबाट बजेट ल्याउने तयारी गरेको बताए ।

नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा लगानी गर्दै नेपाली अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्थामा सरकारले त्यसो गर्न नसकेको नेता कार्कीले बताए । सरकारले अघि सारेको बजेटको सिद्धान्त र प्राथमिकताका कारण मुलुकको अर्थतन्त्र धरासायी बन्ने र नेपालीको जीवन कष्टकर हुन सक्ने उनले चेतावनी दिए ।

सरकारी खर्चमा शिथिलता, निजी क्षेत्रप्रतिको अविश्वास र बढ्दो भ्रष्टाचारका कारण नेपाली अर्थतन्त्र शिथिल हुँदै गएको सांसद कार्कीले बताए ।

सरकारले स्थिर सरकार र सुखी नेपाली, समृद्ध नेपालको नारा दिए पनि तेस्रो बजेट ल्याउने तयारी हुँदासमेत राष्ट्रिय गौरवका योजनाहरुको प्रगति शून्यप्राय रहेको उनले टिप्पणी गरे ।

‘सरकार तेस्रो बजेट ल्याउने तयारीमा छ । निर्वाचनमा स्थिर सरकार र सुखी नेपाली समृद्ध नेपालको नारा लगायौँ । तर तेस्रो बजेट ल्याउँदै गर्दा यो सरकारले विगत २ वर्षमा राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था चिन्ताजनक छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?