Comments Add Comment

जान्हवी र अनन्याको फिल्म पनि डिजिटल प्लेटफर्मबाट रिलिज हुने

भारतमा लकडाउन अझै जारी छ । लकडाउन लम्बिँदै गएपछि बलिउडका निर्माताहरू मारमा परेका छन् । यो अवस्था कहिले सामान्य हुन्छ र हलमा दर्शकको उपस्थिति हुनथाल्छ भन्ने यकिन छैन । यसैले पनि अहिले निर्माताहरूले चलचित्र रिलिजका लागि अन्य विकल्प खोज्न थालेका छन् ।

बलिउडका केही ठूला चलचित्रहरु डिजिटल प्लेटफर्ममा रिलिज हुने पक्का भइसकेको छ । चलचित्र ‘लक्ष्मी बम, गुलाबो सिताबो’लगायतका चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुन लागेका हुन् ।

अब, अन्य दुई ठूला चलचित्रलाई पनि डिजिटल माध्यमबाट रिलिज गर्ने तयारी थालिएको छ। भारतीय मिडियाका अनुसार नायिका जान्हवी कपुर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ र नायिका अनन्या पाण्डे र नायक इशान खट्टर अभिनित चलचित्र ‘खालीपिली’लाई पनि डिजिटल माध्यमबाट रिलिज गर्न लागिएको हो ।

यी दुवै चलचित्रलाई नेटफ्लिक्सबाट रिलिज गर्न लागिएको हो । यी दुवै चलचित्रलाई जीले निर्माण गरेको हो । जीले दुवै चलचित्रलाई डिजिटल प्लेटफर्ममा बिक्री गर्नका लागि तयारी गरिसकेको छ ।

लकडाउन लम्बिने र यसले निर्मातालाई आर्थिक भार अझै थपिने भएकाले पनि बलिउडका केही निर्माताहरू डिजिटल माध्यमतर्फ आकर्षित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment