+
+
Shares

माइतीघरबाट रञ्जु दर्शना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३० गते १४:५०

३० वैशाख, काठमाडौं । विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शनासहित आधा दर्जन युवालाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको छ ।

लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोध गर्न उनको नेतृत्वमा युवाहरू केही पम्प्लेटसहित जम्मा भएका थिए । तर, नाराबाजी गर्न नपाउँदै प्रहरीले सबैलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लबमा ल्याएको नेतृ दर्शनाले बताइन् ।

‘हामी ५-६ जना त्यहाँ पुग्नासाथ प्रहरीले धरपकड गर्यो र यहाँ ल्यायो,’ उनले भनिन् । आफूहरूले त्यहाँ सामाजिक दुरी कायम गर्दै प्रदर्शन गर्ने तयारी गरेको उनको भनाइ छ ।

तस्वीरहरू : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?