Comments Add Comment

बुद्ध एयरले ल्यायो लकडाउनपछिको होलिडे प्याकेज, पोखरा र चितवन केन्द्रमा

३० वैशाख, काठमाडौं । कोरोनाबाट सबैभन्दा बढी प्रभावित हवाई र पर्यटन क्षेत्र लकडाउन खुल्ने आशामा सिर्जनात्मक आर्थिक गतिविधि शुरु गर्ने तयारीमा छन् । यसै सन्दर्भमा बुद्ध एयरले आन्तरिक पर्यटन प्रवर्द्धनका गतिविधि शुरु गर्ने भएको छ ।

सोहीअनुसार कम्पनीले होलिडे प्याकेज सुरु गर्ने भएको छ । ‘लकडाउन र उडान कहिले खुल्छ, त्यो हाम्रो हातमा छैन’, बुद्ध एयरका प्रवन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेतले भने, ‘तर, जहिले खुल्छ, त्यसपछि त केही न केही गर्नेपर्‍यो ।’

बुद्धले उडान शुरु भएपछि पोखरा र चितवनमा विभिन्न होटेलसँगको सहकार्यका होलिडे प्याकेज सञ्चालन गर्ने भएको छ । त्यसका लागि होटेल व्यवसायीसँग सहमति भइसकेको बस्नेतले जानकारी दिए ।

उनका अनुसार चितवनमा दूइतर्फी हवाई टिकट, विभिन्न पर्यटकीय गतिविधि र होटेलको सुविधासहित प्रतिव्यक्ति १३ हजार ९ सय ९९ रुपैयाँको होलिडे प्याकेज विक्री गरिने भएको छ । यो दुई दिने प्याकेज हो ।

पोखरामा प्रतिव्यक्ति ५ हजार ९ सय ९९ रुपैयाँमा दुई दिने प्याकेज बिक्रि गरिने भएको छ । सरकार र विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका सुरक्षा प्रवन्ध अपनाएर उडान तथा होलिडे गतिविधि संचालन गरिने उनको भनाइ छ ।

यसअघि कम्पनीले हवाई यात्रु, कम्पनीका कर्मचारी, जहाजलगायतमा पालना गर्नुपर्ने सुरक्षा निर्देशिका बनाएको थियो ।

लकडाउनपछि आर्थिक गतिविधि बिस्तारको विकल्प नभएको भन्दै हवाई उद्योगको सबैभन्दा अनुभवी कम्पनीका रुपमा बुद्धले गतिविधि प्रारम्भ गर्न लागेको हो । कम्पनीले तत्काल कर्मचारी कटौती र सेवा सुविधा समेत कटौतीको योजना नरहेको स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment