Comments Add Comment

सिन्धुलीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

३० वैशाख, काठमाडौं । सिन्धुलीमा जिपको ठक्कबारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका–८ बसतपुर बस्ने ५२ वर्षीय रणवहादुर सुनुवार रहेका छन् ।

मंगलबार डुमरियास्थित सडकमा पैदल हिँडिरहेको समयमा मे.१ ज १५४३ नम्बरको जिपले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । जिपको ठक्करबाट गम्भीर घाइते भएका सुनुवारलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडी र चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment