+
+
Shares

कोरोना अति प्रभावित जिल्लामा पत्रकारको पीसीआर टेस्ट गर : पत्रकार महासंघ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३० गते १७:४४

३० वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना संक्रमणबाट अति प्रभावित जिल्लामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि तत्काल पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन माग गरेको छ ।

वीरगञ्जमा पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएपछि विज्ञप्ति जारी गरी महासंघले पत्रकारलाई आवश्यक सुरक्षा सामग्री व्यवस्था गर्न पनि माग गरेको छ ।

मंगलबार पुष्टि भएका ५७ जना कोरोना संक्रमितमा वीरगञ्जमा पत्रकार पनि परेपछि महासंघले पत्रकार अझै बढी गम्भीर र सचेत हुन जरुरी रहेको बताएको छ ।

‘यो संवेदनशील घडीमा सीमित स्रोत, साधन र अनेक कठिनाइका बाबजुद कार्यस्थलमा खटिएर पेशागत धर्म निभाइरहेका पत्रकारहरु अझ बढी गम्भीर र सचेत हुनु जरुरी छ’ महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी भनेका छन् ‘महासंघ यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न सबै पत्रकारमा अपिल गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?