Comments Add Comment

भारतबाट रातारात सीमामा ल्याइन्छन् नेपाली मजदुर

३० वैशाख, कैलाली । सीमा नजिकका भारतीय क्षेत्रका क्वारेन्टाइनमा राखिएका नेपालीलाई भारतीय पक्षले रातारात सीमामा ल्याएर छोडेका छन् ।

भारतीय पक्षले सीमावर्ती भारतीय बजार वनवासाको क्वारेन्टाइनमा बसेका अढाइ सय नेपालीलाई नेपालीको सीमामा ल्याएर छोडेका हुन् ।

पहिलो दिन ७५ र सोमबार राति एक सय ६७ जनालाई नेपाली प्रशासनसँग समन्वय नै नगरी ब्रम्हदेव ल्याएर छाडिएको सुरक्षा स्रोतले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई कञ्चनपुरको क्वारेन्टाइनमा राखेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले स्वदेश फर्किएका नेपालीहरुको स्वास्थ्य परीक्षण गरिने बताए । प्रजिअ खतिवडाले अब सीमापारि क्वारेन्टाइनमा नेपाली नरहेको पनि दाबी गरेका छन् ।

‘भए टाढै होलान्’, उनले भने, ‘नजिकका क्वारेन्टाइनमा भएकाहरु आइसकेका छन् ।’ कैलालीपारि करिब ३ सय बढी नेपाली अलपत्र परेको सुरक्षा निकायको रिपोर्ट थियो । उनीहरु विभिन्न क्षेत्रमा क्वारेन्टाइनमा राखिएको भनिएको छ ।

कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी भने अझै ३ देखि ४ सयको हाराहारीमा नेपाली नागरिक भारतीय सीमा क्षेत्रको क्वारेन्टाइनमा अलपत्र हुनसक्ने बताउँछन् । संघीय सरकारले सीमा बन्द गरेपछि उनीहरु सीमावर्ती क्षेत्रका क्वारेन्टाइनमा अलपत्र परेका थिए ।

यो पनि पढ्नुहोस भारतमा लकडाउन खुकुलो हुँदा दशगजामा नेपालीको चाप यो पनि पढ्नुहोस सुरक्षाकर्मीको आँखा छलेर भारतबाट नेपाल प्रवेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment