
३१ वैशाख, काठमाडौं । शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको आरोपमा नेपाल विद्युत् प्राधिकरण हेटौंडाका इलेक्ट्रिसियन विश्वनाथ पुडासैनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
सेवा प्रवेशको क्रममा उनले श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय हेटौंडाबाट कक्षा-८ उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बुधबार मुद्दा दायर गरेको हो ।
अनुसन्धानका क्रममा पुडासैनीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको दाबी अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4