+
+
Shares

रुपन्देहीका एउटै परिवारका ९ जना संक्रमित

टोपराज शर्मा टोपराज शर्मा
२०७७ वैशाख ३१ गते २२:२८

३१ वैशाख, बुटवल । रुपन्देहीका थपिएका ९ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित गैडहवा गाउँपालिकाका वडा नं. २ जोगडाको एकै परिवारको भएको खुलेको छ ।

उनीहरु तीन महिला र ६ जना पुरुष छन् । अर्का एकजना पुरुष पनि गैडहवा गाउंपालिका जोगडाकै हुन् ।

उनीहरु सबै एक हप्ता अघि भारतको मुम्बईबाट आएका हुन् । उनीहरु घर आउँदै गरेको थाहा भएपछि स्थानीयबासीले जोगडा माविको क्वारेन्टाइनमा ल्याएर राखेका गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिए ।

जोगडा माविमा ५२ जना क्वारेन्टाइनमा थिए ।

यस्तै वडा नंं. ४ को नवदुर्गा माविको क्वारेन्टाइनमा ४२ जना र वडा नंं. ६ को सुर्यपुरा माविको क्वारेन्टाइनमा मा ६० जना छन् ।

नवदुर्गा मावि र जोगडा माविमा शुरुमा आएर बसेका मध्ये ४० जनाको स्वाबको पीसीआर परीक्षण गरिएको हो । अरुको परीक्षण गर्न बाँकी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरेले बताए ।

यस्तै बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएका अन्य दुईजना भीम अस्पतालको आइसोलेसन बेडमा उपचाररत व्यक्ति हुन् । एक जना भारत गोन्डाका नागरिक र अर्का नवलपरासीका भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा.राजेन्द्र गिरीले बताए ।

यससँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ९३ पुगेको छ ।

सबैभन्दा धेरै कपिलवस्तुमा ३८ जना, रुपन्देहीमा २८ जना, बाँकेमा २५ जना, बर्दिया र नवलपरासीमा एकएक जना छन् ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?