Comments Add Comment

कमलले जिते विश्व अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण

अनलाइनखबर फाइल ।

१ जेठ, काठमाडौं । नेपालका तेक्वान्दो खेलाडी कमल श्रेष्ठले प्रथम २०२० विश्व अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।

विश्वमा अहिले कोभिड-१९ महामारील गर्दा लकडाउनको अवस्था भएको बेला अनलाइनबाटै भएको उक्त प्रतिस्पर्धामा नेपालका कमलले ३० वर्षमुनिको विधामा स्वर्ण जितेका हुन् ।

कमलले गत मंसिरमा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा पनि तेक्वान्दोको पुम्सेमै स्वर्ण जितेका थिए ।

फ्रान्समा भइरहेको यस अनलाइन पुम्से च्याम्पियनसिपको गएराती सार्वजनिक नतिजामा अनुसरा कमलले स्वर्ण जितेका हुन्। यस्तै नेपालमै जितबहादुर बोटेले रजत र प्रेमबहादुर लिम्बुले कास्य जिते ।

नेपालका कमलले ७.६७ अंक जोड्दै स्वर्ण जित्दा जितबहादुरले ७.५४ र प्रेमले ७.५० अंक बटुलेका थिए । सोही विधामै नेपालका अर्का खेलाडी सुन्द्रबहादुर महरा नवौं स्थानमा रहे ।

यस्तै महिला ३० वर्षमुनिको विधामा नेपालकी पार्वती गुरुङले रजत जितेकी छन् । उक्त विधामा अमेरिकी खेलाडीले ७.३२ अंकसहित स्वर्ण जित्दा पार्वतीले ७.३ अंक जोडिन् । पार्वतीले पनि नेपालमा भएको १३औं सागमा स्वर्ण जितेकी थिइन् ।

अर्का नेपाली खेलाडी लक्ष्मणबहादुर ऐरकोले ५० वर्षमुनि प्रतिस्पर्धा गर्न बाँकी छ । २७ देशका खेलाडीको सहभागिता रहेको उक्त च्याम्पियनसिपमा ७ नेपाली खेलाडीले भाग लिएका छन् ।

यसअघि नेपाली खेलाडीले जर्मनीमा भएको प्रथम अनलायन डेडो ओपन युरोपियन पुम्से च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गरेका थिए । जसमा ३ नेपाली खेलाडी सेमिफाइनल पुगेका थिए । उक्त च्याम्पियनसिपअन्तर्गत ३० वर्षमुनि विधामा नेपालका कमल श्रेष्ठ २२औ, प्रेम लिम्बु २४ औं र जितबहादुर बोटे ३७औं स्थानमा रहेका थिए ।

यद्यपि प्रेम लोकप्रिय विधाको मनोनयमा भने परेको छन् । फेसबुकमा अपलोड गरिएको भिडियो मध्ये सबैभन्दा धेरै भ्युज आउने खेलाडीलाई विजेता घोषित गरिनेछ । मे २० मा यसको विजेताको घोषणा हुनेछ । यसमा विजेता बन्न सबैभन्दा धेरै भ्युज हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment