+
+
Shares

कोरोना संक्रमितको उपचारमा संलग्न नर्सलाई नै संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १ गते १२:११

१ जेठ, काठमाडौं । वीरगञ्जस्थित कोरोना भाइरस (कोभिड–१९) को उपचारमा संलग्न नर्सलाई नै संक्रमण भएको पाइएको छ ।

बुधबार साँझ पर्साका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये ३६ वर्षीया महिला नर्स हुन् ।

अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत उनी पछिल्लो समय कोरोना संक्रमितको उपचारमा संलग्न थिए ।

अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायका अनुसार संक्रमण देखिएको नर्समा कुनै पनि लक्षण पनि देखिएको छैन र उनको अवस्था सामान्य छ ।

यसअघि कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?