Comments Add Comment

सन्नीको बर्थ डेमा डेनियलले लेखे–‘तिमी असल श्रीमती, आमा र प्रेमिका’

बलिउड नायिका सन्नी लियोनीले बुधबार आफ्नो ४० औं जन्मदिन मनाएकी छिन् । उनको जन्मदिनको अवसरमा उनका पति डेनियल वेवरले लेखेका छन्–‘तिमी असल पत्नी, आमा र प्रेमिका हौं ।’

डेनियलको शुभकामनाले सन्नीलाई भावुक बनायो । उनले, सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट शुभकामना दिने सबैलाई धन्यवाद ज्ञापन गरेकी छिन् ।

सन्नीले आफूलाई भाग्यमानी भनेकी छिन् । उनले एक भिडियो सार्वजनिक गर्दै भनेकी छिन्–‘म निकै नै भाग्यमानी छु, किनकि तपाईंहरू सबै मेरो जीवनको एक हिस्सा हुनुहुन्छ । मलाई थाहा छ, तपाईंहरू सबै मबाट टाढा हुनुहुन्छ ।

तर, म तपाईंहरूलाई धेरै प्रेम गर्दछु । मलाई आशा छ कि यो परिस्थितिसँग तपाईंहरू सबै मुस्कानको साथ लड्नुहुनेछ र यसबाट बाहिर आउनुहुनेछ ।’

नायिका सन्नी लियोनी बलिउडमा आइटम गर्ल तथा नायिकाको रुपमा चर्चित छिन्।

‘बिग बोस’ नामक रियालिटी शोमा देखिएसँगै सन्नीको प्रवेश बलिउडमा भएको थियो । यसपछि भने उनी चलचित्र, मोडलिङ, विज्ञापन र स्टेज कार्यक्रममा व्यस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment