Comments Add Comment

दाँतलाई कसरी बलियो र चम्किलो बनाउने ?

दाँत शरीरको यस्तो हिस्सा हो, जो स्वास्थ्य र सौन्दर्यसँग अभिन्न रुपले जोडिन्छ । जस्तो कि, शरीरमा प्रवेश गर्ने कुनैपनि खानेकुरालाई पचाउनका लागि दाँतको खास भूमिका रहन्छ । चिकित्सकहरु भन्छन् नि, ‘खानेकुरा एकदमै राम्ररी चपाएर खानुपर्छ ।’ जति मिहिन ढंगले चपाउन सकिन्छ, त्यती नै पाचन यन्त्रका लागि सहज हुन्छ । अतः यसका लागि दाँत बलियो र सफा हुनैपर्छ । दाँत बलियो भएमा समग्र पेट वा स्वास्थ्य राम्रो हुन्छ ।

दाँतले शारीरिक स्वास्थ्यमा जति महत्वपूर्ण भूमिका खेलेको हुन्छ, उत्तिनै आवरणमा पनि । जस्तो कि मान्छेको सौन्दर्यमा, व्यक्तित्वमा । त्यसैले त कवि–कलाकारहरुले दाँतलाई सौन्दर्यकै एउटा विम्ब बनाएर पेश गर्छन् । ‘मिलेका ति दाँतका पंक्ति ।’ ‘अनारका दाना जस्तै मिलेका दाँत ।’

यति महत्वपूर्ण दाँतलाई कसरी बलियो, सफा र आकर्षक राख्ने त ?

दाँतलाई सफा राख्न धेरै गाह्रो छैन । खाना खाएपछि दाँत राम्ररी सफा गरे पुग्छ । दिनमा दुई पटक राम्ररी ब्रस गर्ने वा अन्य खानेकुरा खाइसकेपछि मुख कुल्ला गर्ने विधीले दाँत सफा हुन्छ । वा दाँतमा फोहोर जम्न पाउँदैन ।

तर, धेरैले के गल्ती गर्छन् भने विहान उठेर ब्रस गर्छन् । विहान उठेर दाँत ब्रस गर्नु त्यती महत्वपूर्ण छैन जति साँझ र बिहानको खानापछि गरिन्छ । खासमा खाना खाइसकेपछि ब्रस गर्नुपर्छ । कम्तीमा पनि दुई पटक ।

अर्को कुरा हामीले ब्रस गर्न सानैबाट सिकेका हुन्छौं तर, आश्चर्यजनक कुरा धेरैजसो मानिसहरुले अझै पनि सहि ढंगले ब्रस गर्न जान्दैनन् ।

दन्त चिकित्सकहरुका अनुसार स्वस्थ र मजबुत दाँतको लागि दैनिक ब्रस गरिसकेपछि जिब्रो पनि राम्रोसँग सफा गर्नुपर्छ ।

चिकित्सकका अनुसार हामीले दिनमा कम्तीमा पनि दुई पटक ब्रस गर्नुपर्छ र ब्रस गरेपछि नुनपानीले कुल्ला वा माउथ वास गर्नुपर्छ । यसले हाम्रो दाँत र गीजाहरुलाई ब्याक्टेरियाबाट बचाउँछ ।

ब्रस गर्ने सहि तरिका थाहा पाइराख्नु दाँतको सुरक्षाको पहिलो कदम हो ।

दाँतको सफाई

ब्रस गर्नको लागि कुनै पनि मानक समय हुँदैन । तर, दन्तचिकित्सकहरुले कम्तिमा दुई मिनेटसम्म ब्रस गर्नुपर्ने सल्लाह दिन्छन् । यसले मुखभित्रको सतहबाट विभिन्नखाले ब्याक्टेरिया निस्कन्छ । यसले दाँतमा हुने क्षतिलाई पनि रोक्छ ।

यस्तो हुनुपर्छ टुथब्रस

यदि ४ महिना भन्दा धेरै समय एउटै ब्रस प्रयोग नगर्नुहोस् । ४ महिना भन्दा धेरै प्रयोग गर्दा पनि तपाईको ब्रस खराब नभएको हुनसक्छ तर तपाईंले त्यसलाई छोडेर नयाँ ब्रस किन्नुपर्छ ।

त्यसैगरि बजारमा विभिन्न आकार, प्रकार, लम्बाई र गुणको टुथब्रस आँउछ तर दन्तचिकित्सकका अनुसार सहि टुथब्रसको लम्बाई २५.५ देखि ३१.९ मिलिमटर हुनुपर्छ र चौडाई ७.८ देखि ९.५ मिलिमिटर हुनपर्छ ।

दाँतमा दाग देखियो भने

यदि  दाँतमा कालो दाग देखिएको छ, खाना दाँतमा फस्न थालेको छ, चिसो तातो खाँदा दाँतमा झनझनाहट हुन्छ वा गीजाबाट रगत आउन थालेको छ भने दन्त चिकित्सकसँग भेटेर उचित उपचार गर्न ढिला गर्नुहुन्न ।

आफ्नो दाँत स्वस्थ र मजबुत बनाउन चाहनुहुन्छ भने निश्चित समयको अन्तरालमा चिकित्सकसँग भेटेर सल्लाह लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment