Comments Add Comment

आईओसीद्वारा स्थगित टोकियो ओलम्पिकका लागि ८०० मिलियन अमेरिकी डलरको घोषणा

२ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले टोकियो २०२० ओलम्पिक स्थगित हुँदा परेको गम्भीर असरलाई सहयोग पुर्‍याउन ८०० मिलियन अमेरिकी डलरको आर्थिक सहयोग छुट्याको छ ।

कोरोना भाइरस कोभिड-१९ महामारीका कारण टोकियो ओलम्पिक स्थगित भएको छ । आईओसीको सहयोग अन्तर्गत ६५० मिलियन डलर आयोजक जापानले पाउनेछ ।

यस्तै अरु १५० मिलियन डलर विभिन्न अन्तर्राष्ट्रिय खेल महासंघ र राष्ट्रिय ओलम्पिक कमिटीलाई नगद प्रवाह समस्यामा लोनमा दिने उल्लेख छ ।

आइओसीका अध्यक्ष थोमस बाकले पनि त्यहाँ कटब्याक हुने बताए ।

‘यो परिस्थितिमा सम्झौता आवश्यक पर्दछ यसका लागि सबेले त्याग गर्नुपर्छ,’ जर्मन नागरिक बाकले भने । ‘हामी खेलहरूको भावना र विशेष गरी खेलाडीहरूको लागि खेलकुदको गुणस्तर कायम गर्दै लागत घटाउन कुनै कसर छोड्दैछौं ।’

यस्तै अध्यक्ष बाकले कोभिड-१९ भ्याक्सिन नभेटिए अर्को वर्ष हुने ओलम्पिक थप सर्छ वा रद्द हुन्छ भन्ने बारे अनुमान गर्न इन्कार गरेन । यसै वर्ष हुने तय भएको टोकियो ओलम्पिक २०२१ जुलाई २३ देखि अगष्ट ८ सम्म हुने गरी सरेको छ ।

‘हामी एक वर्ष र दुई महिना टाढा छौं, त्यसैले कुनै पनि निष्कर्ष निकाल्न धेरै चाँडो नै छ,’ उनले भने ।

ओलम्पिक खेलका कार्यकारी निर्देशक क्रिस्टोफे दुबीले प्रतिस्पर्धा स्थलहरू, एथ्लेट भिलेज, मिडिया फ्यासिलिटी र होटेललाई ‘अत्यन्तै गाह्रो’ भनेर वर्णन गरेका छन् तर उनले यो विस्तारै सुधार भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment