Comments Add Comment

भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८२ हजार नजिक

२ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ८२ हजार नजिक पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार, भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८१ हजार नौ सय ७० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका तीन हजार नौ सय ६७ पुगेको हो ।

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि दुई हजार ६ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट थप एक सयजनाको मृत्यु भएको हो ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७ हजार पाँच सय २४ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार १९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै गुजरातमा अहिलेसम्म नौ हजार पाँच सय ९१ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि पाँच सय ८६ पुगेको छ । भारतको मध्य प्रदेशमा संक्रमितको संख्या चार हजार चार सय २६ संक्रमित फेला परेका छन् । यो राज्यमा दुई सय ३७ जनाको मृत्यु भइसकेको छ ।

भारतको पश्चिम बंगालमा दुई हजार तीन सय ७७ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या दुई सय १५ पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या तीन हजार नौ सय दुई पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट ८८ जनाको मृत्यु भएको छ । बिहारमा नौ सय ९४ संक्रमित पुग्दा सात जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा २७ हजार नौ सय २० जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment