Comments Add Comment

लकडाउनमा कडाई, तोकिएको समयमा किराना रऔषधि पसल खोल्न छुट

१ जेठ, काठमाडौं । सरकारले बिहीबारदेखि लकडाउन कसिलो बनाए पनि खाद्यन्न बिक्री वितरणका लागि किराना र औषधि पसल भने सञ्चालन गर्न दिने भएको छ ।

सुरक्षाका उपाय अपनाएर खाद्यन्नको कारोबार गर्ने किराना र औषधि पसल  सञ्चालन पनाईने कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका प्रवक्ता एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद बिडारीले जानकारी दिए ।

‘मानवीय जीवन निर्बाहका लागि नभई नहुने वस्तुहरुको उद्योग तथा पसल सामाजिक दूरी अपनाएर खुल्छन्’ अनलाईनखबरसँग कुराकानी गर्दै सचिव बिडारीले भने ।

कडाइ अपरिहार्य भए पनि तरकारी, खाद्यन्न, माछा मासु तथा स्वस्थ्य सामाग्री बिक्री वितरण गर्ने व्यवसाय तथा किराना पसलहरु भने निर्बाध सञ्चालन हुने उनले बताए । तर, यस्ता व्यवसाय सञ्चालनका लागि स्थानीय प्रशासनले उपयुक्त समय तोक्न सक्नेछ ।

मानिसलाई तत्काल नभई नहुने जस्तै सैलुन, कस्मेटिक, लत्ताकपडा, हार्डवेयर लगायतका व्यवसाय भने तत्काल सञ्चालन गर्न नपाइने उनले स्पष्ट पारे ।

सरकारले गत शुक्रबारदेखि खोल्ने निर्णय गरेको ४२ प्रकारका उद्योग भने सुरक्षा उपाय अपनाएर खोल्न सकिनेछ । तर त्यस्ता उद्योगले आफ्ना कर्मचारीहरुलाई सामाजिक दुरी कायम गर्दै उद्योगभित्रै राख्नु पर्ने सचिब बिडारीले बताए । सरकारले उद्योगधन्दा खोल्न वैशाख २४ गते गरेको निर्णय कार्यन्वयनमा आएसँगै देशभर मानिसको चहल-पहल बाक्लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment