+
+
Shares

अब अन्तरदेशीय आर्थिक क्षेत्र स्थापना गरिने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते १७:५०

२ जेठ, काठमाडौं । सरकारले दुई छिमेकी मुलुकलाई औद्योगिक क्षेत्रमा समेत साथ लिने उद्देश्यले अन्तर देशिक आर्थिक क्षेत्र स्थापनाको अवधारणा ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आवको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेकी हुन् ।

उनका अनुसार सम्भाब्यताका आधारमा यस्तो आर्थिक क्षेत्र स्थापना हुने भएको हो । बन्द तथा रुग्ण उद्योगलाई अधिकतम क्षमतामा पुर्ण सञ्चालनको योजना समेत सरकारले बनाएको छ ।

यसमा निजी क्षेत्रलाई समेत सहभागी गरिने भएको छ । खाद्य, वनजन्य, अत्यावश्यक औषधि, स्वास्थ्यसामग्री, स्वदेशी कच्चा पदार्थ उद्योग स्थापना र बिस्तारमा सरकारले प्रोत्साहन गर्ने भएको छ । निर्यातजन्य उद्योगलाई समेत प्रोत्साहन गर्ने सरकारको घोषणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?