
२ जेठ, काठमाडौं । राप्रपाका सांसद राजेन्द्र लिङ्देनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले आशा जगाउन नसकेको बताएका छन् ।
‘यो नीति तथा कार्यक्रमले आशा जगाउने काम गर्न सकेन । विगतका कामको निरन्तरता छ,’ उनले संसद भवन परिसरमा पत्रकारहरुसँग भने ।
देशले सामनाका समस्याहरुको समाधानका लागि ठोस नीतिको अभाव देखिएको, भ्रष्टाचार निर्मुल गर्ने प्रतिवद्धता अत्यन्तै कमजोर रहेको बताए ।
कोरोना भाइरसपछि नेपालमा विदेशबाट धेरै नेपाली फर्किने र बेरोजगारीको समस्या धेरै हुने उल्लेख गर्दै उनले बेरोजगारी समस्या समाधान गर्ने खालका कार्यक्रम आउन नसकेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4