Comments Add Comment

नीति तथा कार्यक्रम : उपेक्षामा पर्‍यो खेलकुद

खेलाडीको क्षमता विकास, पूर्वाधार निर्माण निरन्तर

२ जेठ, काठमाडौं । नेपाल सरकारको नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रलाई उपेक्षा गरिएको छ ।

गत वर्ष नेपालले घरेलु मैदानमा भएको १३ औं सागमा ५१ स्वर्ण जित्दै ऐतिहासिक उपलब्धी हासिल गरे पनि यो वर्ष सरकारको कार्यक्रममा खेलकुद खासै प्राथमिकतामा पर्न सकेन ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै खेलकुद क्षेत्रमा खेलाडीको क्षमता विकास गरिने र खेलकुद पूर्वाधार निर्माणमा निरन्तरता दिने मात्र बताइन् ।

उनले १३ औं सागमा नेपालले ५१ स्वर्णसहित कूल २०७ पदक जितेको विषयलाई उपलब्धी माने पनि अबको योजनाबारे नीति तथा कार्यक्रममा  केही आएन ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्न सक्ने गरी खेलाडीको क्षमता विकास गरिने राष्ट्रपति भण्डारीले बताइन् ।

यस्तै स्थानीय प्रादेशिक तथा राष्ट्रिय स्तरमा सुविधा सम्पन्न खेलकुद पूर्वाधार निर्माण र स्तरोन्नती निरन्तर गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

साथै निजी क्षेत्रबाट अघि बढाइएको खेलकुद पूर्वाधारलाई प्रोत्साहन गर्ने र उच्च पर्वतीय तालिम केन्द्र  (हाई अल्टिच्युड ट्रेनिङ सेन्टर) निर्माण कार्य पनि अघि बढाउने सरकारले घोषणा गरेको छ ।

२०७७ सालमै गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । गत वर्षको नीति तथा कार्यक्रममा मूलपानी क्रिकेट मैदान दुई वर्षमा सञ्चालनमा ल्याउने उल्लेख गरिएको थियो । यस पटक भने खेलकुदको कुनै विशेष पूर्वाधारको कार्यक्रम आएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment