Comments Add Comment

निषेधाज्ञाले वीरगञ्जमा राहत वितरण रोकियो, फोहोर उठेन

२ जेठ, वीरगञ्ज । पर्सामा निषेधाज्ञा जारी भएका कारण विपन्नलाई राहत वितरण कार्यक्रम प्रभावित भएको छ ।

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले सम्पर्कमा आउनेलाई राहत दिन सकिने भए पनि वडास्तरमा राहत वितरण रोकिएको छ ।

हालसम्म ३ करोड ५० लाखको खर्चमा ३४ हजार परिवारलाई राहत वितरण गरेको भए पनि अहिले निषेधाज्ञाले वितरण गर्न नसकिएको महानगरपालिकाले जनाएको छ ।

राहत वितरण कार्यक्रम प्रभावित भएपछि दैनिक छाक टार्न समस्यामा परेका मजदुर तथा विपन्न परिवार बढी समस्यामा परेको गुनासो उनीहरुले गरेका छन् ।

फोहोर उठेन

निषेधाज्ञाका कारण वीरगञ्ज महानगरमा दुई दिनदेखि फोहोर उठन सकेको छैन ।

महानगर क्षेत्रको फोहोर व्यवस्थापन हुन नसकेपछि संक्रमण फैलन खतरा बढेको स्थानीयहरुले बताएका छन् ।

फोहरमैलाले थप संक्रमण फैल्न सक्ने अवस्थालाई मध्यनगर राखेर वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जिल्ला प्रशासन कार्यालय, नेपाली सेनालगायतसंग समन्वय गरी फोहोर उठाउने व्यवस्थापन मिलाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment