Comments Add Comment

ऋषिको निधनपछि आलियासँगै बस्न थालेका हुन् रणवीर ?

बलिउड नायक ऋषि कपुरको निधनले सिंगो बलिउडलाई नै स्तब्ध बनाएको छ । रोमान्टिक हिरोको उपमा पाएकी यी कलाकारको ब्लड क्यान्सरका कारण निधन भयो ।

ऋषिको निधनपछि नायक रणवीर कपुर आफ्नै अपार्टमेन्टमा फर्किएका छन् । सामाजिक संजालमा यस्तो अवस्थामा पनि उनी आफ्नी आमा नितु कपुरसँग नबसेको भन्दै आलोचना पनि भैरहेको छ ।

तर, भारतीय मिडियाका अनुसार, रणवीर बाबुको निधनपछि एक्लै बस्न रुचाउँछन् । उनी, आफ्ना नजिकका साथीहरुसँग पनि निकै कम कुराकानी गर्छन् ।

भारतीय मिडियाका अनुसार, बुबाको निधनपछि रणवीर आफ्नै अपार्टमेन्टमा फर्किएको कुरा सही भएपनि उनी आलियासँग बस्न थालेको खबर भने गलत हो ।

रणवीरले आमासँग नै बस्ने चाहना व्यक्त गरेका थिए । तर, आमा नितु कपुरले आफू एक्लै नै बस्न चाहेको बताएपछि रणवीर अपार्टमेन्टमा फर्किएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment