Comments Add Comment

अनुलोम विलोम कसरी गर्ने ? के छ फाइदा ?

स्वस्थ एवं तन्दुरुस्त जीवनका लागि योगको नियमित अभ्यास आवश्यक हुन्छ । अतः योग अभ्याससँगै छुटाउन नहुने प्राणायाम हो, अनुलोम विलोम ।

हुन त अहिले धेरैले अनुलोम विलोमबारे सुनेका छन् । कतिपयले अभ्यास पनि गरिरहेकै होलान् । अनुलोम विलोम गर्नेहरुले त यसको प्रभाव पनि महसुष गरिरहेकै होलान् । किनभने अनुलोम विलोमबाट तुरुन्तै तपाईंको शरीरमा केही यस्ता प्रभाव पर्छ, जसले बेग्लै ताजापन महसुष गराउँछ ।

अहिले दीर्घ रोगीहरुलाई समेत चिकित्सकले नियमित अनुलोम विलोम गर्नका लागि सुझाव दिने गरेका छन् । यद्यपि रोग लागिसकेपछि मात्र होइन, रोगमुक्त जीवनका लागि अनुलोम विलोम एक अपरिहर्य क्रिया हुन् ।

अनुलोम विलोम गर्नका लागि कतिपनि कठिन छैन । सामन्य हिसाबले जो कोहीले अनुलोम विलोम गर्न सक्छन् । अनुलोम विलोम जुनसुकै उमेरका, जस्तोसुकै अवस्थाका, जहाँपनि र जहिले पनि गर्न सकिने विधी हो । यति सहज र सरल भएर पनि अनुलोम विलोमको फाइदा अनेक छन् ।

के हो अनुलोम विलोम ?

शरीरका तान्त्रिका प्रणालीमा अवरोध उत्पन्न भएपछि केही प्रकारका शारीरिक एवं मानसिक रोग लाग्न सक्छ । यही तान्त्रिका प्रणालीको शुद्धिकरणका हेतुले प्राणायामको अभ्यास गरिन्छ । त्यसो त प्राणायामको पुरा क्रियाको सफलताको श्रेय तपाईंको एकाग्रता र सजगतालाई जान्छ । यद्यपि अनुलोम विलोमको सही अभ्यास गर्नाले अन्य प्राणयामबाट भन्दा बढी लाभ मिल्छ ।

प्राणायाम विधी

सुखासन, अर्धपद्मासन, पद्यमासन वा सिद्धासनमा केही समय बस्ने । आरमपूर्वक बस्नुपर्छ । कम्मर, गर्दन र टाउकोलाई सोझो आसनमा राख्नुपर्छ ।

बायाँ हातलाई घुडामाथि ज्ञान मुद्रामा राख्ने । दायाँ हातको बुढी औंलाले एकतर्फको नाक बन्द गर्ने र अर्को नाकले मध्यम गतिमा सास लिने । अब अर्को नाकलाई खुला गरेर सोहीबाट धिमा गतिमा दुई गुणा समय लगाएर सास बाहिर निकाल्ने । यतिबेला अर्को नाकको भने बन्द गर्नुपर्छ ।

पुन यसरी नै बन्द गरिएको नाक खुला गर्ने । अर्को सास लिने र अर्को नाकले सास छाड्ने । यस प्रकारले कम्तीमा १० देखि १५ चक्र नियमित अभ्यास गर्ने ।

सावधानी

श्वास क्रिया ध्वनिरहित हुनुपर्छ ।

श्वास प्रश्वास प्रक्रिया लयवद्ध हुनुपर्छ ।

छातीलाई बढी भन्दा बढी फैलाउने

थकान महसुष भएपछि यो अभ्यास छाड्ने

आवश्यक परेमा केही क्षण शवासन गर्ने । अर्थात शान्तसाथ उत्तनो परेर सुत्ने ।

अनुलोम विलोमको फाइदा

मस्तिकलाई चुस्त बनाउँछ । क्रियात्मक र संवेदनशिल बनाउँछ । शारीरिक र मानसिक सन्तुलन स्थापित गरेर रोग नष्ट गर्छ । मनलाई शान्त र प्रशन्न राख्छ । अस्थामा, हृदयरोग, माइग्रेन, साइनस जस्ता रोगमा विशेष फाइदा मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment