+
+

रुकुमपश्चिममा आगलागी हुँदा १ जनाको मृत्यु

रासस रासस
२०७७ जेठ ३ गते १५:१७

३ जेठ, रुकुम । रुकुमपश्चिममा आगलागीमा परी आज बिहान एक महिलाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–३ खदिकी ३५ वर्षीया लाली बोहरा देवकोटाको मृत्यु भएको हो ।

डम्बर देवकोटाको तीनतले घरमा अकस्मात आगलागी हुँदा भान्साकोठामा खाना बनाइरहेकी बोहराको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए ।

उनका अनुसार घरमा स्टोर गरेर राखिएको पेट्रोलियम पदार्थ लिक भइ आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट घरका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएकाले देवकोटाको अन्य सदस्य भने सामान्य रहेको बताइएको छ । आगलागीको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यसैबीच, जिल्लाको बाँफिकोट गाउँपालिका–९, तार्सिबाङमा एक पुरुष मृतावस्थामा फेला परेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृतावस्थामा फेला परेका व्यक्ति सोही वडाको झूला निवासी ४६ वर्षीय सार्की गिरी रहेका छन् । जेठ १ गते दिउँसो आफन्तको घरमा गहुँ किन्न निस्केका गिरी साँझसम्म घर नफर्किएपछि खोजतलास गर्ने क्रममा तार्सीबाङ मनघर भन्ने स्थानमा शुक्रबार बेलुकी मृतावस्थामा उनको शव फेला परेको हो ।

मृतक गिरीको मुचुल्का कार्य सम्पन्न गरिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?