Comments Add Comment

ब्राजिलका राष्ट्रपतिसँगको भिडियो कन्फ्रेन्समा निर्वस्त्र नुहाउन थालेपछि…

ब्राजिलका राष्ट्रपतिले उद्योगी व्यवसायीहरूसँग गरेको भिडियो कन्फ्रेन्सिङका बेला एकजना मानिसले निर्वस्त्र नुहाउन थालेको दृश्य देखियो ।

राष्ट्रपति जाइर बोल्सोनारोले राष्ट्रपति कार्यालयबाटै गरेको उक्त भिडियो कन्फ्रेन्सका क्रममा सहभागीमध्येका एकजना व्यक्ति नुहाउनका लागि निर्वस्त्र रूपमा बाथरुममा छिरेको र ढुक्कसँग नुहाइरहेको दृश्य देखिएको थियो ।

भिडियो कन्फ्रेन्सिङमा सहभागी भएका ती व्यक्तिले नुहाउन जानुअगाडि आफ्नो कम्प्युटरको भिडियो क्यामरा बन्द गर्न बिर्सिएछन् । जसका कारण उनले निर्वस्त्र नुहाइरहेको दृश्य भिडियो कन्फ्रेन्समा भाग लिइरहेका राष्ट्रपति तथा अन्य सहभागीहरूले देखे ।

आपत्तिजनक भिडियो देखेपछि राष्ट्रपति अक्क न बक्क भए । उनले तत्कालै भिडियो कन्फ्रेन्समा सहभागी साओपाओलो उद्योग संघका अध्यक्ष स्काफलाई पछाडिपट्टि एकजना मित्र देखिएको भन्दै सूचित गरे ।

त्यसपछि उनी आफ्नो छेउँमै बसेका अर्थमन्त्री पाउलो गुडेसतर्फ फर्किए । मन्त्री गुडेसले सबै सहभागीलाई सचेत गराउँदै भने, ‘त्यहाँ एकजनाले नुहाइरहेका छन् । उनी आइसोलेसनका बेला घरमा निर्वस्त्र छन् । छलफलको माहोल तातिएको छ । तर उनले सायद चिसो पानीले नुहाइरहेका छन् ।’

उद्योग संघका अध्यक्ष स्काफले पनि तत्कालै उक्त आपत्तिजनक दृश्य देख्न पुगे । उनले मजाक गर्दै भने, ‘दुर्भाग्यवश हामीले देख्यौँ । निकै सुडौल तस्वीर थियो ।’

राष्ट्रपतिसँगको भिडियो कन्फ्रेन्सिङका बेला क्यामराकै अगाडि निर्वस्त्र नुहाउने ती व्यक्ति उद्योग संघको एकजना परामर्शदाता रहेको बताइएको छ ।

राष्ट्रपति तथा उद्योगी व्यवसायीहरूबीचको भिडियो कन्फ्रेन्सिङ पत्रकारहरूले पनि हेरिरहेका थिए । त्यसैले उक्त अविश्वसनीय घटनाको समाचार तत्कालै भाइरल बन्न पुग्यो ।

रोचक कुरा त के भने कोरोना संकटमा सार्वजनिक जीवन तथा अर्थतन्त्रका सीमाहरू विषयमा उक्त भिडियो कन्फ्रेन्सिङको आयोजना गरिएको थियो ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment