Comments Add Comment

नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

४ जेठ, काठमाडौं । उपत्यका प्रवेश गर्ने एक प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवी स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरिका उत्तम कार्की छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।

कार्कीविरूद्ध अभद्र व्यवहारको कसूरसम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढ्ने उनले अनलाइनखबरलाई बताए ।

कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो उनीलगायतले वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए ।

उनीहरुले प्रहरीकै अगाडि कार्कीको खानतलासी पनि लिएका थिए । जसको उनीहरुले फेसबुकमा लाइभ भिडियो प्रशारण गरेको थियो । भिडियो सार्वजनिक भएपछि सर्वसाधारणले स्वयम्सवेक भन्ने व्यक्तिको चौतर्फी विरोध गरेका थिए ।

पक्राउ परेका कार्कीले भने आफूले गलत नियतले उक्त कार्य नगरेको दाबी गरेका छन् । साथै, घटनामा उनी मात्र नभइ, अन्य व्यक्तिको पनि संलग्नता खुलाएका छन् ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेल नागरिकका अधिकार र कर्तव्यका सीमा हुने बताउँदै त्यसभन्दा बाहिर गएर अनाधिकृत कार्य गर्नेलाई कारबाही गरिने बताएका छन् ।

छानविन समिति गठन

अनुसन्धानका क्रममा अन्य व्यक्तिको संलग्नता देखिए उनीहरुलाई पनि पक्राउ गरिने प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा दिपक रेग्मी, अभिशेक श्रेष्ठ लगायत पनि स्वास्थ्यकर्मीको दुर्व्यहारमा संलग्न रहेको दाबी गरिएको छ ।

प्रहरी अधिकृतले पनि यो घटना भइरहँदा किन ध्यान दिएनन् भन्ने विषयमा छानविन हुने भएको छ । यसका लागि महानगरीय प्रहरी कार्यालयका एसपी सन्तोषसिंह राठौरको नेतृत्वमा छानविन समिति गठन भएको छ । समितिमा प्रहरी निरीक्षक प्रदीप विष्णु बस्याल सदस्य छन् ।

समिति बुझाउने निष्कर्षका आधारमा सुरक्षाकर्मीमाथि कारबाही हुने/नहुने भन्ने निर्क्यौल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment