Comments Add Comment

सामसुङ ग्यालेक्सी ए५१ विश्वकै नम्बर १ स्मार्टफोन

४ जेठ, काठमाडौं । सामसङको ग्यालेक्सी ए ५१ एन्ड्रोइड फोन सन् २०२० को पहिलो त्रैमासिक अवधिमा पनि विगतमा जस्तै पहिलो स्थान (१ नम्वर) मा नै कायम रहन सफल भएको छ।

विगत लामो समयदेखि आफूलाई विश्वकै अत्याधिक बिक्री हुने एन्ड्रोइड स्मार्टफोनको रुपमा उभ्याउन सफल सामसङको यो स्मार्टफोनले यो वर्ष पनि आफ्नो स्थान पुरानै स्थानमा सुरक्षित राख्न सफल भएको हो।

यस अवधिमा रेड्मी, शाओमीलगायतका अन्य प्रतिष्पर्धी मोबाइलहरू सामसङको ग्यालेक्सी ए ५१ एन्ड्रोइड फोनको तुलनामा निकैपछि देखिएका छन्।

सामसङ कम्पनीले यो अवधिमा विश्वभरमा ६० लाखभन्दा बढीको संख्यामा यो मोबाइल बिक्री भएको जनाएको छ। एक अध्ययनअनुसार सामसङको ग्यालेक्सी ए५१ फोर जी स्मार्ट फोन विश्व बजारमा २ दशमलव ३ प्रतिशत बजार हिस्सा ओगटेको छ।

सो अध्ययनले रेड्मी दोस्रो स्थानमा रहन सफल भएको जनाएको छ। रेड्मीको बजारहिस्सा १ दशमलव ९ प्रतिशत छ। तेस्रो स्थानमा सामसङकै एस २० प्लस छ। जसको बजार हिस्सा १ दशमलव ७ प्रतिशत छ। सो अध्ययनले चौथो र पाँचौं स्थानमा क्रमशः सामसङको ए १० र रेड्म नोट ८ रहेको देखाएको छ। यी दुवैको बजारहिस्सा १ दशमलव ६ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment