Comments Add Comment

केकी लेख्छिन्–‘भारतीयहरूले नेपाली चेलीबेटीलाई अपशब्द भन्न हामीबाटै सिकेका हुन्’

बलिउड नायिका अनुष्का शर्माले निर्माण गरेको ‘पाताल लोक’ नामक एक वेव सिरिजमा नेपाली महिलाहरूमाथि अपशब्द प्रयोग गरिएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको चर्को विरोध भइरहेको छ ।

नेपाली महिलालाई प्रयोग गरिएको यो शब्दमा निर्मात्रीको रुपमा अनुष्काले माफी माग्नुपर्ने माग पनि उठेका छन् । सामाजिक सञ्जालमा नेपाली चलचित्रका कलाकारहरूले पनि यो विषयमा आफ्नो मुख खोलेका छन् । नायिका केकी अधिकारीले भने केही फरक विचार प्रस्तुत गरेकी छिन् ।

उनले, आफ्नै देशमा महिलामाथि यस्ता खालका शब्द प्रयोग भएको भन्दै उनीहरूले हामीबाट नै सिकेका हुन् भनेकी छिन् । केकी लेख्छिन्–‘भो छाडिदिनुहोस्, आफ्नाले भन्न छाडेका छन् र अरूले नभनून् । आज अरूले आफ्ना चेलीबेटीलाई देशकै नाम लिएर तुच्छ गाली गर्दा साह्रै चित्त दुख्यो ? मन पोल्यो ? रगत उम्लेर आयो ? आफ्नै भनाउँदाहरूबाट यस्ता गालीहरू मुख अगाडि, मुख पछाडि, सामाजिक सञ्जालमा, युट्युबमा वाल्लछ्याल्टी नसुनेको, नदेखेका हौ र ?’ उनीहरूले पनि हामीबाटै सिकेका हुन् भन्दै उनले लेखेकी छिन्–‘यिनीहरूलाई भन्न मिल्ने रहेछ भनेर हामीले नै उकासेका हौं । छातीमा हात राखेर भन्नुहोस् त हामीले आफ्नै देशका दिदीबहिनीहरूलाई यस किसिमका अवहेलना कति गरेका छौं ? अनि हामी यो आशा गरिरहेका छौं कि अरू चाहिँ बदलिऊन् । तर, आफूलाई त जति पनि अधिकार छ महिलाको चरित्र हत्या गर्ने ? होइन ?’

उनले, भारतीय वेव सिरिजमा देखाइएको कुरा माफी योग्य नभएको बताएकी छिन् । तर, के हामी पनि ठिक छौं‌ त भनेर नियाल्न पनि आग्रह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment