Comments Add Comment

भारत तथा तेस्रो मुलकबाट हरेक दिन ६ हजारको उद्धार गर्ने प्रस्ताव

४ जेठ, काठमाडौं । सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरूको उद्धार गर्ने तयारी गरेको छ। कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा पनि यसबारे सकारात्मक छलफल भएको छ ।

‘यूएईलगायतका देशले ‘आफ्नो नागरिक लैजाऊ’ भनेर दबाब समेत दिन थालेका छन् । त्यसैले उद्धारका लागि गृहकार्य थालेका छौं’ एक मन्त्रीले भने, ‘बाँकी प्रधानमन्त्रीमा भरपर्छ ।’ यसअघि पनि विदेशमा रहेका नेपालीहरूको उद्धारबारे छलफल गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका थिए ।

प्रधानमन्त्री सहमत भए आवश्यक तयारी गरेर आफ्ना नागरिकको उद्धार गर्ने समितिको तयारी छ ।

उच्चस्तरीय समितिमा सचिवस्तरीय कार्यदलले हरेक दिन स्थलमार्ग अर्थात् भारतबाट तीन हजार र हवाई मार्गबाट तीन हजार ल्याउने प्रस्ताव पेश गरेको छ । ‘हाम्रो प्राथमिकता रोजगारी गुमाएका, आमामाफी पाएका, विद्यार्थीहरू हुनेछन्’ स्रोतले भन्यो ।

यसरी उद्धार गरेर ल्याइनेहरूलाई केहीदिन काठमाडौं र पोखरा र होटलमा क्वारेन्टाइन गरिनेछ । यसमा लाग्ने खर्च क्वारेन्टाइनमा बस्ने व्यक्ति आफैँले व्यहोर्नुपर्ने उल्लेख छ।

केही दिनको क्वारेन्टाइनपछि परीक्षण गरेर सम्बन्धित स्थानीय तहमा पठाइनेछ । स्थानीय तहमा केही दिन क्वारेन्टाइनमा बसेपछि पुनः परीक्षण गरेर मात्र घर जान दिइनेछ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार तत्काल उद्धार गर्नुपर्नेहरूको संख्या केही लाख हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment