+
+
Shares

म्याग्दीमा एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ४ गते १७:४१

४ जेठ, पोखरा । मुस्ताङदेखि सुत्केरी लिन पोखरातर्फ आउँदै गरेको एम्बुलेन्स कालीगण्डकी नदीमा खसेको छ । एम्बुलेन्सको अवशेष कालीगण्डकीमा देखिए पनि चालक भने बेपत्ता छन् ।

मुस्ताङको थासाङ गाउँपालिकाबाट पोखरातर्फ आएको १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोट भन्ने ठाउँमा बेनी जोमसोम सडकबाट एक सय मिटर तल कालीगण्डकीमा खसेको हो ।

एम्बुलेन्स चालक थासाङ गाउँपालिका–४ का सुजन बिक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायक उपरीक्षक डीएसपी किरणजंग कुवँरले जानकारी दिए ।

‘एम्बुलेन्सको केही अवशेष भेटिएको छ । बेपत्ता चालकको खोजिकार्य जारी छ,’ कुँवरले अनलाइनखबरसँग भने, ‘नेपाल प्रहरी, सेना र शसत्रको टोली खोजी कार्यमा लागिरहेको छ ।’ एम्बुलेन्समा चालकमात्र रहेको कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?