+
+
Shares

कतारमा मास्क प्रयोग अनिवार्य, नमान्नेलाई तीन वर्ष जेल

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ४ गते १८:१६

४ जेठ, काठमाडौं । कतारले मास्क प्रयोगलाई अनिवार्य गरेको छ । कतारले अहिले ल्याएको नियम नमान्नेलाई तीन वर्षसम्मको जेल वा ५५ हजार डलर जरिवानाको सजाय व्यवस्था गरिएको छ ।

प्रतिव्यक्ति संक्रमणको हिसाबमा अहिले कतार विश्वमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्येको एक हो । ३० लाख जनसंख्या रहेको कतारमा अहिलेसम्म ३० हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रणको लागि कतारमा मस्जिद, स्कुल, कलेज, मल आदि बन्द गरिएको छ । तर, भवन निर्माणमा भने कुनै रोक लगाइएको छैन ।

कतार सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्ने तयारीमा छ । त्यसैले त्यसको तयारीलाई कुनै असर नपरोस् भन्नका लागि उसले निर्माणको कार्यमा कुनै प्रतिबन्ध नलगाउने निर्णय गरेको हो ।

स्रोत : बीबीसी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?