Comments Add Comment

प्रकाश सपुत लेख्छन्–‘मेरो घमण्ड र भ्रम कोरोनाले चिरिदिएको छ’

गायक प्रकाश सपुत हाल बाग्लुङमा छन् । आफ्नै घरमा रहेका प्रकाश सपुतले कोरोनाले आफ्नो भ्रम र घमण्ड चिरिदिएको उल्लेख गरेका छन् ।

गायक सपुत लेख्छन्–‘पछिल्लो दुई वर्ष मैले जुन जीवन जिएँ, जुन उपलब्धि हासिल गरे, यो सधैं यस्तै रहन्छ भन्ने भ्रम र घमण्ड कोरोनाले नराम्रोसँग चिरिदिएको छ । म पुनः त्यही धरातलमा फर्किएको छु, जहाँबाट केही उचाइ पुगेरै छाड्ने अठोट सहित हिँडेको थिएँ । मैले यो परिस्थितिलाई सहर्ष स्वीकारेको छु र त्यसरी नै बाँचेको छु, जसरी पहिला थियो ।’

गाउँका सीमाहरुमा खटिएका सुरक्षाकर्मीसँग आफ्नै घरमा तस्वीर खिचाउँदै गायकले भनेका छन्–‘खासमा उहाँहरू आएर लकडाउनसँगै रोकिएको मेरो त्यो जीवनलाई सझाइदिनु भयो र विशेष महसुस गराइदिनुभयो ।’

उनले, कोरोना त्रासकाबीचमा पनि ज्यानको पर्वाह नगरी खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई सलाम भन्दै सुरक्षित बस्न र सहयोगी बन्न अपिल गरेका छन् । गायक सपुत लकडाउन अगाडि चलचित्र ‘परदेशी-२’को छायांकनमा व्यस्त थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment