
५ जेठ, काठमाडौं । कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको सम्पर्कमा आएका टोखा नगरपालिकाका २४ जनाको कोरोना संक्रमण परीक्षण गरिएको छ ।
ती महिलाको परिवार डेरा गरी बस्ने घरका घरबेटी, सँगै भाडामा बस्ने अन्य बासिन्दा, सामान किनमेल गर्ने पसल सञ्चालक र राहत वितरण गर्ने तीन जनप्रतिनिधिको कोरोना परीक्षण गरिएको हो ।
ती जनप्रतिनिधि संक्रमित महिलाको परिवारलाई राहत बाँड्न पुगेका थिए ।
टोखाका मेयर प्रकाश अधिकारीले रिपोर्ट सोमबार दिउँसो आउने बताएका छन् । ‘टोखा नगरपालिका-९ बुद्धचोक वरपर कन्ट्याक ट्रेसिङ गर्दा सम्पर्कमा आएकाहरू यत्ति हुन् भनेर स्वाब संकलन गरी पीसीआर परीक्षणमा पठाएका छौं’ उनले भने ।
उनीहरूको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा पठाइएको छ ।
ती महिलाको नवजात शिशु, श्रीमानसहित परिवारका पाँच सदस्यको रिपोर्ट नेगेटिभ आएकाले टोखामा परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ आउने आशा रहेको उनी बताउँछन् ।
प्रतिक्रिया 4