Comments Add Comment

विराट भन्छन्–‘अनुष्काको प्रवेशसँगै मेरो जीवन बदलियो’

क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्मा वैवाहिक जीवनमा रमाइरहेका छन् । उनीहरूको प्रेम र वैवाहिक जीवन सुन्दर तरिकाले अगाडि बढिरहेको छ ।

तर, हालै मात्र एक भिडियो च्याटमा क्रिकेटर कोहलीले आफूले अनुष्कालाई प्रेम प्रस्ताव नराखेको बताएका छन् ।

फुटबलर सुनिल क्षेत्रीसँग इन्स्टाग्राममा कुराकानी गर्दै विराटले भनेका छन्–‘हामीले बिहे गर्ने कुरामा कुनै शंका नै थिएन । यसैले पनि औपचारिक रुपमा नै प्रेम प्रस्ताव राख्नुपर्ने कुनै कारण नै थिएन ।’

विराटले भने–‘म यो कुरा मान्छु कि यदि तपाई जीवनलाई खुलेर जिउनुहुन्छ र प्रेम गर्नुहुन्छ भने कुनै पनि विशेष दिन नै हुँदैन । भ्यालेन्टाइन डे पनि विशेष हुँदैन । हरेक दिन प्रेम दिवस हुनसक्छ र उक्त दिन विशेष हुन सक्छ। यदि तपाईं जीवनलाई खुलेर जिउनुहुन्छ र प्रेम गर्नुहुन्छ भने कुनै पनि विशेष दिन नै हुदैन । भ्यालेन्टाइन डे पनि विशेष हुँदैन । हरेक दिन प्रेम दिवस हुन सक्छ र उक्त दिन विशेष हुन सक्छ ।’

विराटले अनुष्का आफ्नो जीवनमा प्रवेश गरेसँगै आफ्ना नकारात्मक कुराहरू राम्रो कुरामा बदलिएको पनि उल्लेख गरेका छन् । विराट भन्छन्–‘मेरो जीवनमा अनुष्काको प्रवेश हुनु अगाडि म सधैं आफ्नो बारेमा मात्र सोच्ने गर्दथेँ । मलाई जे चाहिएको छ, त्यसको मात्र ख्याल गर्थेँ । तर, अनुष्का मेरो जीवनमा आएपछि मैले उनको बारेमा सोच्न थाले र उनका लागि के गर्न सक्छु भनेर ख्याल गर्न थाले ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment