Comments Add Comment

घट्यो रेमिट्यान्स, नौं महिनामा भित्रियो ६२७ अर्ब

५ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को ९ महिनामा करिब ६ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चैत मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले रेमिट्यान्स ६२६ अर्ब ९० करोड रुपैयाँ भित्रिएको जानकारी दिएको हो ।

अघिल्लो वर्ष २०७५/७६ को सोहि अवधिको तुलनामा ४ प्रतिशतले कमी आएको हो । आर्थिक वर्ष ०७४/७५ को तुलनामा भने २०७५/७६ को नौं महिनामा विप्रेषण आप्रवाह २०.९ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकले अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले घटेको जानकारी दिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.९ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १०.२ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment