Comments Add Comment

सकारात्मक सोच र चिन्तनले निरोगी शरीर

सृष्टि चक्रको यस कालखण्डलाई वैज्ञानिक युगको नामाकरण गरिएको छ । नयाँ नयाँ आविष्कार, उपकरण, प्रविधिको उपलब्धता र विकासले गर्दा कुनैपनि काम तीव्र रुपमा गर्न सम्भव भएको छ । भौतिक विज्ञानले ठूलो छलाङ मारेको छ । तर, मानव समुदाय भने रोगले भित्रभित्रै गल्दैछ। जति-जति विज्ञानको चमत्कार बढ्दैछ, मान्छेको शरीर कमजोर र जीर्ण बन्दैछ ।

आज दिन प्रतिदिन मेडिकल साइन्सले यति धेरै उन्नति गरिरहेको छ । मेडिकल कलेज र डाक्टरहरूले हरेक सहर भरिएको छ । तर, अनेकन रोगहरु बढिरेका छन् । यसरी हामी रोगी हुँदै जानुमा बाहिरी कारण जति छन्, त्योभन्दा बढी भित्री कारण छन् । अर्थात् हामी आफ्नो खराब विचार, चिन्तनको कारण नै रोगी हुँदैछौं ।

सुन्दा अनौठो लाग्छ तर हाम्रो सोच एवं विचारकोे प्रभाव सबैभन्दा पहिला हाम्रो खाना र पानीमा पर्छ ।

न्यूप्रण नेपाल

हाम्रो शरीरमा रहेको करिब ७० प्रतिशत पानीले हाम्रो विचार वा मनसायलाई धेरै प्रभाव पार्दोरहेछ  । त्यसकारण हामीले बोल्ने प्रत्येक शब्द, सोच तथा विचारले हाम्रो शरीरलाई धेरै प्रभाव पारिरहेको हुन्छ । यसको असर शरीरका अंगहरूमा देखिन्छ । प्रतिरक्षा प्रणालीमा परिरहेका हुन्छ।

हाम्रो पूर्वीय संस्कृतिमा खाना फकाइसकेपछि सर्वप्रथम त्यो खाना भगवानलाई चढाउने र खानुअघि अन्नदाताप्रति कृतज्ञ हुने गरिन्छ ।

वास्तवमा यसमा वैज्ञानिक कारण पाइन्छ । जुन अन्न हामीले खाना बनाउन प्रयोग गरेका हुन्छौं त्यो अन्न उब्जाउ गर्ने किसानदेखि त्यसलाई पकाएर खुवाउनेको समेत संलग्नता रहेको हुन्छ।

उक्त अन्नमा यि सब व्यक्तिहरुको आ-आफ्नै सोच, विचार तथा मनको स्थिति समेत मिसिएको हुन्छ । अतः त्यसमा कुनै नकारात्मक विचार र सोच छ भने त्यसलाई नष्ट गरेर सकारात्मक उर्जा प्रवाह गर्न हाम्रा पूर्वजहरूले भगवानको नाममा चढाउने र अन्नदाताप्रति कृतज्ञ रहने प्रचलन चलाए ।

त्यसैले भनिन्छ पनि जस्तो अन्न त्यस्तै मन जस्तो पानी त्यस्तै बानी ।

हमो शरीरलाई पौष्टिक खाना मात्र पर्याप्त छैन । खाना पकाउँदा, खाँदा सकारात्मक वा प्रफुल्ल मन पनि आवश्यक छ । सकारात्मक र कृतज्ञ भाव जरुरी छ ।

दुःखी भएर, रिसाएर, चिन्तित भएर पकाउनु, खानु स्वस्थ्यकर मानिँदैन । हाम्रो राम्रो तथा नराम्रो प्रत्येक विचारले मस्तिष्कमा रहेको पिनियल ग्रन्थीको माध्यमबाट रसायनको निर्माण गर्छ । उक्त रसायनले रगतको माध्यमबाट शरीरका प्रत्येक कोषमा पुग्छ।

हाम्रो मनमा चल्ने हरेक विचार र भावनाले एउटा रसायन पैदा गर्दछ । खुसी हुनु, दुःखी हुनु, रिसाउनु, रमाउनु, चिन्ता गर्नु सबै यही रसायनको नतिजा हो ।

के पनि भनिनछ भने जस्तो विचार मनमा पैदा हुन्छ खाना पनि त्यस्तै खान मन लाग्छ । मनमा जब नकारात्मक भावना उत्पन्न हुन्छ तब तामासिक खानेकुरा खान मन लाग्छ । यस्ता खानाले शरीरमा विकार पैदा गर्छ ।

हामी खुसी हुन्छौं र विचार पनि सकारात्मक छ भने भने शरिरमा एन्डोफिन्स हार्मोन श्राव हुन्छ । यसले हाम्रो कोषिकामा जमेको टक्सिन बाहिर निकाल्छ । हाम्रो स्वस्थ र शरीर निरोगी बन्न थाल्छ  । हाम्रो धड्कनको गति ठिक्क हुन्छ, रगत पातलो हुन्छ र टक्सिन  सफा हुन पुग्छ ।

मनमा उत्पन्न हुने नकारात्मक विचारको प्रभावले हाम्रो शरीरमा घातक छ । यदि हामी स्वस्थ रहन चाहन्छौं भने खाना खाँदा शान्त वा पवित्र मन बनाएर, अन्नदाताप्रति कृतज्ञ रहेर खानुपर्छ ।

‘गरौं योग रहौं निरोग’ । अनेक रोगको कारण हाम्रो खराब विचार, सोंच नै हो । मनका गलत विचारको दुष्परिणामबाट घातक रोग पैदा हुन्छ । राजयोगले हाम्रो मनमा सकारात्मक दिशा प्रदान गर्छ । जसले तन र मन दुवैलाई स्वस्थ बनाउँदै लैजान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment