Comments Add Comment

इटाली सरकारको पछिल्लो निर्णयले सिरी ए ढिलो सुरु हुने

६ जेठ काठमाडौं । इटाली सरकारले जुन १४ सम्म सबै खाले प्रतिस्पर्धात्मक खेलकुद गतिविधि रोक्ने निर्णय गरेपछि त्यहाँको सिरी ए फुटबल केही ढिला सुरु हुने भएको छ ।

इटालीको सरकारले खेलकुद गतिविधिलाई जुन १४ सम्म रोक्ने निर्णय गरेकोले जुन १५ अगाडि सिरी ए सुरु नहुने इटालियन फुटबल संघले जनाएको छ ।

इटालीका प्रधानमन्त्री गुसिपे कोन्टेले जुन १४ सम्म कुनै पनि खेलकुद गतविधि नगर्न भन्दै आइतबार आदेश दिएका थिए ।
सरकारको उक्त निर्देशनपछि इटालियन फुटबल संघले स्टेटमेन्ट जारी गर्दै जुन १४ सम्म खेलकुद गतिविधि स्थगित रहने जनाएको छ ।

यसअघि इटालीको शीर्ष लिग सिरी ए जुन १३ देखि फेरि सुरु गर्ने तयारी भइरहेको थियो ।

गत साता क्लबहरुले जुन १३ देखि लिग सुरु गर्ने विषयमा सहमति जनाएका थिए तर सरकारबाट स्वीकृत हुन बाँकी थियो ।
तर, सरकारको पछिल्लो निर्णयपछि अब जुन १३ मा फुटबल सुरु नहुने भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ ले गर्दा गत मार्चदेखि स्थगित भएको सिरी ए मा युभेन्ट्स लाजियोलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा छ ।

कोभिड-१९ को कारण इटालीमा दुई लाख २५ हजार बढी संक्रमित भएका छन् भने ३१ हजार बढीको मृत्यु भएको छ । कोभिड-१९ का कारण धेरै मृत्यु हुनेमा अमेरिका र बेलायतपछि इटाली तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment