+
+
Shares

कोरोनाबाट सबैभन्दा प्रभावित तेस्रो मुलुक बन्यो ब्राजिल

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ६ गते ११:५७

६ वैशाख, काठमाडौं । ब्राजिल कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्यामा ब्राजिल तेस्रो सबैभन्दा प्रभावित मुलुक बनेको छ । सोमबार ब्राजिलले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसबाट दुई लाख ५५ हजार तीन सय ६८ संक्रमित फेला परिसकेका छन् । यससँगै ब्राजिल संक्रमितको हिसाबमा बेलायतभन्दा पनि अगाडि देखिएको हो ।

अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट मृत्य हुने मानिसको संख्या पनि १६ हजार आठ सय ५३ पुगेको छ । यद्यपि ब्राजिलमा सरकारी तथ्यांकभन्दा वास्तविक तथ्यांक निकै बढी हुन सक्ने विशेषज्ञहरुले आशंका व्यक्त गर्दै आएका छन् ।

अहिले ब्राजिल कोरोना भाइरसको महामारी कसरी नियन्त्रणमा लिने भन्ने विषयमा राजनीतिकरुपमा विभाजित देखिएको छ । क्षेत्रीय गभर्नरहरु लकडाउन कार्यान्वयन गराउने पक्षमा रहँदा राष्ट्रपति जेयर बोल्सोनारो यसको विपक्षमा देखिएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?