Comments Add Comment

सुरक्षा गार्ड र प्रिन्टिङ प्रेसका कर्मचारीमा पनि देखियो कोरोना

६ जेठ, काठमाडौं । स्वास्थ्य मन्त्रायलले सोमबार धादिङका कोरोना संक्रमित भनेर सार्वजनिक गरेको व्यक्ति काठमाडौंमा रहेको खुलेको छ । उनको स्थायी घर चाहिँ धादिङ हो ।

कन्ट्याक ट्रेसिङमा संलग्न एक सुरक्षा अधिकारीका अनुसार उनी बागबजारस्थित एक प्रिन्टिङ प्रेसमा काम गर्छन् । गाउँ पुगेर फर्किएपछि उनले कोभिड–१९ परीक्षणका लागि टेकु अस्पतालमा स्वाब दिएका थिए ।

त्यसक्रममा उनमा कोरोना भाइरसको संक्रमण देखिएको हो । अहिले उनलाई आइसेलेसनमा राखेर उपचार भइरहेको छ । काठमाडौंका भनिएका अर्का संक्रमित नक्सालका व्यक्ति हुन् । उनी सुरक्षा गार्ड हुन् ।

मंगलबार मात्रै काठमाडौं, भक्तपुर र ललितपुरमा पाँच जना संक्रमित थपिएका छन् । उनीहरुको कन्ट्याक ट्रेसिङ भइरहेको सुरक्षा स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment