Comments Add Comment

डब्ल्यूएचओले भन्यो– हामी जवाफदेही चाहान्छौं

कोरोनाविरुद्ध विश्वले चालेको कदममा तालमेल मिलाउन रणनीतिक नेतृत्व गरिरहनेछौं : टेड्रोस

७ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेसुसले युरोपेली युनियनको प्रस्तावको स्वागत गरेका छन् जसमा कोरोना महामारीको विषयमा विश्वभरबाट व्यक्त प्रतिक्रियाको समीक्षा गर्ने भनिएको छ । सो प्रस्तावमा कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठनको भूमिकाको मात्र होइन युरोपेली युनियनको समेत व्यापक समीक्षाको कुरा छ ।

विश्व स्वास्थ्य सम्मेलनको समापन समारोहमा बोल्दै टेड्रोसले भने, ‘अरुभन्दा धेरै हामी जवाफदेही चाहान्छौं । कोरोना भाइरसविरुद्ध विश्वले उठाएको कदममा तालमेल मिलाउन हामीले रणनीतिक नेतृत्व गरिरहने छौं ।

कोरोना महामारीबाट जोगिन विश्व स्वास्थ्य संगठनले चालेका कदमको विषयलाई लिएर सो संगठनका प्रमुख टेड्रोसको आलोचना भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त संयुक्त राष्ट्रसंघको यो संस्थालाई ‘चीनको कठपुतली’सम्म भनेका छन् ।

राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओ प्रमुखलाई ‘ठोस सुधार’का लागि ३० दिनको  म्याद दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा डब्ल्यूएचओ प्रमुखलाई पठाएको पत्र पोष्ट गर्दै ट्रम्पले ३० दिनभित्र कोरोना भाइरस नियन्त्रणको लागि आवश्यक कदम नचालेमा अमेरिकाले दिँदै आएको सहयोग स्थायी रुपमा बन्द गर्ने चेतावनी दिएका हुन् ।

चीनले भने ट्रम्पले यस्ता भड्काउ अभिव्यक्ति दिनुमा अमेरिकाले कोरोना भाइरस नियन्त्रणमा गरेका गल्ती लुकाउने उद्देश्य रहेको टिप्पणी गर्दै आएको छ । २०१९ को डिसेम्बर अन्तिम साता चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभरि फैलिएको छ भने अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment