Comments Add Comment

संक्रमित चिकित्सक रिपोर्ट आउने अघिल्लो दिन स्वास्थ्य मन्त्रालयको बैठकमा

७ जेठ, काठमाडौं । मंगलबार कोरोना संक्रमण पुष्टि भएका चिकित्सक रिपोर्ट आएको अघिल्लो दिन सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैठकमा रहेको खुलेको छ ।

मन्त्रालयका एक अधिकारीका अनुसार कोरोना संक्रमण पुष्टि भएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक गत सोमबार मन्त्रालयको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर (एचईओसी) को बैठकमा सहभागी भएका मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।

कपिलवस्तुको विभिन्न इलाकामा कोरोना संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा सहभागी भएर फर्केका उनमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

‘उहाँको रिपोर्ट आउनु अघिल्लो दिन हामी एचईओसीको एउटै बैठकमा थियौँ । अब हामी पनि परीक्षणमा सहभागी हुनुपर्ने अवस्था आयो,’ एचईओसीमा कार्यरत एक जना स्वास्थ्यकर्मीले भने, ‘उहाँसँग प्रत्यक्ष सम्पर्कमा आएका धेरै पो छौं त ।’

एचईओसीको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीसमेत सहभागी हुने गरेका छन् । मन्त्रालयको कोरोना नियन्त्रणसम्बन्धी सम्पूर्ण गतिविधि एचईओसीबाट नै चल्ने गर्छ । मन्त्रालयको वेबसाइटमा हुने तथ्यांक अपडेट गर्ने कर्मचारी र डब्लुएचओको प्रतिनिधिहरु समेत त्यहाँ कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment