+
+
Shares

दशगजामा सुरक्षा पोष्ट बनाउने अडानबाट भारत पछि हट्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ७ गते ११:४०

७ जेठ, काठमाडौं । पर्साको ठोरीका वासिन्दाको विरोध र अवरोधपछि सीमा नाका दशगजा क्षेत्रमा सुरक्षा पोष्ट बनाउने अडानबाट भारत पछि हटेको छ ।

ठोरी गाउँपालिका–४ का स्थानीयको निरन्तर विरोध र अडानपछि सीमाबाट करिब ३० मिटर पर सारेर सुरक्षा पोष्ट बनाउन भारत सहमत भएको नागरिक समाज ठोरीका अगुवा सन्तोष श्रेष्ठले बताए ।

भारतको वन विभागको टोलीले भ्यूटावरसहितको सुरक्षा पोष्ट बनाउन गिट्टी, बालुवालगायतका निर्माण सामग्रीसमेत ल्याएको थियो ।

भारतीय पक्षले दशगजा क्षेत्रमा भ्यूटावरसहितको सुरक्षा पोष्ट बनाउन खोजेपछि स्थानीयले विरोध गरेको सुवर्णपुरस्थित सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सिंहवीर (सागर) मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?