Comments Add Comment

लकडाउनमा नेपाली फुटबलरको सेल्फ ट्रेनिङ

७ जेठ काठमाडौं । लकडाउनको बेला घरबाहिर निस्कन नपाएपछि अहिले खेलाडीहरु कसरी ‘फिट’ रहने भनेर चिन्तित छन् ।

लकडाउन भएको २ महिना पुग्नै लाग्दा अहिले धेरै खेलाडी घरभित्रै फुर्सदमा छन् ।

यस्तोमा खेलाडीहरु आफूलाई कसरी पुरानै अवस्थामा राख्ने र फिटनेस बिग्रन नदिने भनेर घरमै पनि सामान्य वर्कआउट र अभ्यास गरिरहेका छन् । फुटबल खेलाडीहरुले यो बेला घरमै उपलब्ध स्रोत र सामग्रीको उपयोग गरेर वर्कआउट गरिरहेका छन् ।

राष्ट्रिय टिमका सदस्य रोहित चन्द इन्डोनेसियन लिग खेल्ने क्रममा इन्डोनेसियमा रहेकोले नेपाल आउन पाएनन् । उनी अहिले इन्डोनेसियाकै अपार्टमेन्टमा दिन बिताइरहेका छन् । विदेशमा खेल्ने अर्का खेलाडी किरण चेम्जोङ भने लकडाउनअघि नै भारतबाट नेपाल आइपुगेका थिए ।

रोहित अहिले अपार्टमेन्ट छेउमै वर्कआउट गरिरहेका छन् ।

यस्तै किरण भने इमाडोलस्थित घरमै सेल्फ वर्कआउट गरिरहेका छन् । आफ्नो शरीरलाई तन्दुरुस्त राख्न दैनिक एक घण्टा अभ्यास गरिरहेको उनले बताए ।

यस्तै अन्य गोलकिपर विकेश कुथु र विशाल श्रेष्ठ पनि घरमै अभ्यास गरिरहेका छन् । नेपाली टिमका फरवार्ड नवयुग श्रेष्ठ गाउँको मैदानमा वर्कआउट गरिरहेका छन् । त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास पनि घरमै वर्कआउट गरिरहेका छन् ।

त्रिभुवन आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्मी नियमित जिम गरिरहेका छन् । राष्ट्रिय टिमका युवा मिडफिल्डर अञ्जन विष्ट हाल हेटौंडास्थित घरमा रहेकोले उनी घर नजिकै वर्कआउट गरिरहेका छन् ।

यस्तै एपीएफका फरवार्ड आशिष लामा हाल नुवाकोटस्थित घरमा छन् र उनी त्यहीँ घरमै वर्कआउट गरिरहेका छन् ।

यस्तै थ्री स्टार क्लबका कप्तान तथा राष्ट्रिय टिमका सदस्य बिक्रम लामा जंगलमा वर्क आउट गरिरहेका छन् ।

यसैगरी अभिषेक रिजाल, अजित भण्डारी, सुवास गुरुङ, सुमन अर्याल, सुनील बल, रञ्जित धिमाल, देवेन्द्र तामाङ, विशाल राई, दीप कार्की, मिक्चेन तामाङ, सरोज दाहाल, तेज तामाङ, रवि पासवान, अमित तामाङ, एरिक विष्टलगायतका खेलाडीहरु घरमै अभ्यास गरिरहेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबलरहरुको वर्कआउटको भिडियो सार्वजनिक गर्दै खेलाडीहरु शारीरिक र मानसिक रुपमा आफूलाई तन्दुरुस्त राख्न खटिरहेको जनाएको छ ।

यसबाहेक राष्ट्रिय टिमका कप्तानी गरिरहेका डिफेन्डर विराज महर्जन त्रिपुरेश्वरस्थित आफ्नो घर नजिकै मैदानमा एक्लै ट्रेनिङ गरिरहेका छन् ।

यस्तै एन्फाले सबैलाई सरकारको नियम पालना गर्दै घरमै बस्न र सुरक्षित रुपमा बस्न आग्रह गरेको छ । साथै एन्फाले फुटबल विस्तारै फर्किने जनाएको छ ।

कोरोना भाइरसका कारण २०७६ चैतमा नेपालमा हुने तय भएको विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेई र अष्ट्रेलियाविरुद्धको खेल अनिश्चिकालका लागि स्थगित भएको छ ।

यस्तै चैत पहिलो साता शुरु हुन लागेको महिला फुटबल पनि अनिश्चित बनेको छ । फागुन शुरु भएको शहीद स्मारक बी डिभिजन लिग पनि चैत पहिलो सातादेखि स्थगित छ । अब त्यो लिग फेरि शुरु गर्ने वा रद्ध हुने केही टुङ्गो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment