+
+
Shares

सेनाका एक अधिकृतको शव लिन ट्युनिसिया पठाइयाे विमान

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ८ गते १०:३४

८ जेठ, काठमाडौं । ट्युनिसिया निधन भएका नेपाली सेनाका एक अधिकृतकाे शव लिन  विमान पठाइएकाे छ ।  शान्ति सेनामा खटिएका बेला ट्यूनिसियामा ज्यान गुमाएका  सैन्य अधिकारीलाई लिएर जहाज शुक्रबार काठमाडौं आइपुग्ने त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

श्री एयरलाइन्सको सीआरजे बम्बाडियर जहाज बिहीबार बिहान ट्युनिसियाका लागि उडेको हाे ।

शान्ति सेनामा खटिएका सैनिकहरुको मृत शरीर स्वदेश फर्काउन संयुक्त राष्ट्रसंघले नै समन्वय गरिरहेको छ । लकडाउनकै बीचमा यसअघि अर्का सैनिक अधिकृतको शव लिन श्री एयरलाइन्सकै जहाज सुडान गएको थियो ।

श्री एयरलाइन्सले लामो समयदेखि शान्ती मिसनमा नेपाली सैनिकसँग मिलेर काम गरिरहेको छ । उक्त कम्पनीका हेलिकोप्टर शान्ती मिसनमा प्रयोग भइरहेका थिए ।

विमानस्थल कार्यालयका अनुसार ट्यूनिसिया पुग्न यो जहाजले भारत, पाकिस्तान, ओमान, साउदी अरेबीया, इजिप्ट र लिवियाको आकास प्रयोग गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?