+
+
Shares

यी हुन् विश्वकै वृद्ध युट्युबर

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ८ गते १२:१७

९० वर्षीया जापानी महिला हामाको मोरी विश्वकै सबैभन्दा वृद्ध उमेरकी युट्युबर हुन् ।

आफ्नो भिडियो गेम कलाका कारण लाखौं पारखीहरूको मन जित्न सफल भएकी हामाकोलाई गेमर ग्राण्डमा अर्थात् खेलाडी हजुरआमाको नामले पनि चिनिन्छ । युट्युब गेमर हामाकोले सञ्चालन गरेको युट्युब च्यानलमा २ लाख ५० हजार सब्सक्राइबर छन् ।

हामाकोले यो सफलता निमेषभरमा हात पारेकी भने होइनन् । उनले विगत ३९ वर्षदेखि भिडियो गेमिङ सुरु गरेकी थिइन् । जबकि, सन् २०१५ मा उनले युट्युब च्यानल सुरु गरेकी हुन् । उनले महिनामा चारवटासम्म भिडियो युट्युबमा अपलोड गर्ने गर्दछिन् ।

उनका युट्युब भिडियोमा उनले नयाँ गेमिङ कन्सोल खोल्नेदेखि आफ्नो गेमिङ कला देखाउनेसम्मका कार्य गर्दछिन् ।

हामाको मोरीले हालै विश्वकी सबैभन्दा पाको उमेरकी गेमिङ युट्युबरको रूपमा गिनिज बुकमा नामसमेत लेखाइसकेकी छिन् ।

गिनिज बुक अफ वल्र्ड रेकर्डससँगको कुराकानीमा उनले आफूले आफ्नो जीवन निकै रमाइलोसँग बिताइरहेको भन्दै भिडियो गेममा समर्पित हुनु आफ्नो जीवनको सही छनोट थियो भन्ने कुरा अहिले आफूले महसुस गरिरहेको बताएकी छन् ।

सीएनएनबाट

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?